दफा १२
साधारण सभा
(१) प्रत्येक आर्थिक बर्ष समाप्त भएको ३ महीनाभित्र समितिले शेयरवालाहरूको वार्षिक साधारण सभा वोलाउनु पर्छ र त्यसपछि पनि आवश्यकतानुसार सभा वोलाउन सकिनेछ । (२) ५१ प्रतिशत शेयरवालाहरू आफै वा प्रतिनिधिद्वारा उपस्थित नभई साधारण सभा हुन सक्ने छैन । (३) कुनै वार्षिक वा अन्य साधारण सभा बोलाइएकोमा उपदफा (२) बमोजिमको उपस्थिति नभई सभा हुन नसकेमा समितिले त्यस्को सात दिन भित्र अर्को सभा बोेलाई सक्नु पर्छ । त्यसरी बोलाइएको सभामा उपस्थित भएको शेयरवाला वा प्रतिनिधिहरूले गरेको निर्णय मान्य हुनेछ । (४) कुनै पनि संस्थानको सभामा निर्णय बहुमतबाट हुनेछ । (५) वार्षिक साधारण सभामा उपस्थित शेयरवालाहरूले संस्थानको गत वर्षको लाभ हानीको हिसाब, वासलात लेखा परीक्षकको प्रतिवेदन र संस्थानको काम सम्बन्धी समितिको प्रतिवेदन उपर विचार गर्नेछन् । (६) संस्थानको शेयरवालाले प्रत्येक शेयरको एउटा मतको हिसाबले मत दिन सक्नेछ । ……………….. (७) कुनै पनि शेयरवालाले वार्षिक साधारण सभाको बैठकमा आफै उपस्थित नभै वा प्रतिनिधि नपठाई मत दिन पाउने छैन ।